वीरगंज , साउन ३० –
वीरगंज महानगरपालिका–१४ चिनीमिल आवास क्षेत्रस्थित नालाको पानीमा मृत भेटिएका पुरुषको सनाखत भएको छ।
शुक्रबार बिहान करिब ११ः४० बजे नालाको पानीमा डुबेर अचेत अवस्थामा रहेको अवस्थामा उद्धार गरी वीरगंज हेल्थ केयर अस्पताल पुर्याइएको थियो। अस्पतालका चिकित्सकले चेकजाँचपछि उनलाई मृत घोषणा गरेका थिए।
मृतकको सनाखत वीरगंज महानगरपालिका–१८ भवानीपुर निवासी करिब ४६ वर्षीय जंगबहादुर पासवानका रूपमा भएको प्रहरीले जनाएको छ। उनको पहिचान छोरा १७ वर्षीय मन्दिप पासवानले गरेका थिए।
सनाखतपछि परिवारका सदस्यले शव बुझेर शुक्रबार नै अन्तिम संस्कार गरिसकेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।