Menu

आजको मौसम

वीरगंजका दुई होटलमा छापामारी , सञ्चालकसहित १२ जना पक्राउ

Author
News Desk |
August 05, 2026
Featured

वीरगंज, साउन २० —

पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ इनर्वास्थित भन्सार क्षेत्रका दुई होटलमा छापा मार्दै अनैतिक क्रियाकलापमा संलग्न रहेको आशंकामा होटल सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले अभिषेक होटलसहित दुई होटलमा छापा मार्दा सात महिला र पाँच पुरुषलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकामध्ये एक जना ४० वर्षीया होटल सञ्चालक महिला हुन्। पक्राउ परेकामध्ये नौ जना भारतीय नागरिक र तीन जना नेपाली महिला रहेका छन्।

प्रहरीका अनुसार ती होटलमा केही दिनदेखि अनैतिक गतिविधि भइरहेको भन्ने गुनासोपछि गोप्य निगरानी गरिएको थियो। निगरानीका क्रममा गतिविधि पुष्टि भएपछि छापा मारिएको प्रहरी निरीक्षक सुवेदीले बताए।

प्रहरी होटलमा पुगेपछि अर्को होटलका सञ्चालक भने फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका १९ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको तथा प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3