वीरगंज, २९ साउन ।
बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट प्रहरीले घरेलु मदिरा उत्पादन गरेको आरोपमा आठजनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले महागढीमाई न.पा.३ बस्ने सोभिलाल राम, खुबलाल राम, सावित्री पासवान, राज कुमार राम, अस्पताली राम, वडा नं.१० बस्ने भोला राम, प्रभु राम, रामानन्द जैसवाललाई घरेलु मदिरा उत्पादन गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।
साउन २९ गते ११ः३० बजे बाराको महागढीमाई न.पा. ३ ग्वास टोल र वडा नं.१० गंजभवानीपुर गाउँमा सञ्चालित घरेलु मदिरा उत्पादन भइरहेको सूचनाको आधारमा प्रहरी चौकी गंजभवानीपुर बाराबाट प्र.ना.नि. बहादुर प्रसाद यादवको कमाण्डमा तीनजना र जि.प्र.का. बाराबाट प्र.ना.नि. नवल किशोर साहको कमाण्डमा १३ जनाको संयुक्त टोली परिचालन भरी घरेलु मदिरा उत्पादन गर्नेहरुलाई पक्राउ गरेको जनाएको छ ।
घरेलु मदिरा उत्पादन गर्ने भट्टी तथा भट्टीमा रहेको कच्चा पदार्थ १० हजार लिटर सोही स्थानमा नष्ट गरेको प्रहरीले जनाएको छ । सानो प्लाष्टिकको ड्रम ११ थान र टिनको ड्रम १ थान बरामद गरी जि.प्र.का. बारामा ल्याइएको प्रहरीको भनाइ छ।