Menu

आजको मौसम

राखीको शुभ साइत ०५ः५७ बजेदेखि ०९ः४८ सम्म

Author
News Feed |
August 27, 2026
Featured

वीरगंज । भाद्र १२ गते शुक्रवार (२८ अगस्ट २०२६) पर्ने रक्षाबन्धन पर्वका लागि राखी बाँध्ने मुख्य शुभ साइत बिहान ०५ः५७ बजेदेखि ०९ः४८ रहेको सिद्धिविनायक ज्योतिष केन्द्रका ज्योतिष सम्राट डा. पुरूषोत्तम दुबेले जानकारी गराएका छन् ।

विश्व ज्योतिष महासंघका एसिया उपसभापति तथा वृहस्पति फाउण्डेसन नेपालका अध्यक्षसमेत रहनुभएका डा. दुबेका अनुसार यस वर्ष रक्षाबन्धनका लागि बिहान ०५ः५७ बजेदेखि ०९ः४८ बजेसम्म पूर्णिमा तिथि रहने भएकाले यही अवधि राखी बाँध्नका लागि मुख्य तथा अति उत्तम शुभ साइत रहेको छ। बिहानको समय छुटेकाहरूका लागि दिउँसो ०१ः४० बजेदेखि साँझ ०४ः१५ बजेसम्मको समय पनि उपयुक्त रहने बताइएको छ।

डा. दुबेले शुभ कार्य गर्दा राहुकाललाई विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै बिहान १०ः४६ बजेदेखि दिउँसो १२ः२२ बजेसम्मको अवधिमा राखी नबाँध्न आग्रह गरेका छन् ।

यस वर्ष नेपाल तथा भारतमा कुनै पनि प्रकारको ग्रहण नरहेकाले सबैले निर्धक्क भई शास्त्रोक्त विधिपूर्वक रक्षाबन्धन पर्व मनाउन सक्ने कुरा पनि डा. दुबेले स्पष्ट पारेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3