रक्सौल , भदौ ९ —
आफूले चाहेको प्रेमीसँग विवाह गराइदिनुपर्ने माग गर्दै एक युवती रक्सौलमा टेलिकमको टावरमा चढेपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ।
युवती टावरमा चढेपछि स्थानीयवासी तथा प्रशासनका अधिकारी घटनास्थल पुगेका थिए। प्रहरीले माइकिङ गर्दै उनलाई सुरक्षित रूपमा तल झर्न आग्रह गर्नुका साथै युवतीले चाहेको व्यक्तिसँग सम्पर्क गरी सहमतिको प्रयास गरेको थियो।
सम्बन्धित व्यक्तिसँग सहमति भएपछि युवती मास्क लगाएर टावरबाट सुरक्षित रूपमा तल झरेकी छन्। त्यसपछि प्रशासनले उनलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने तयारी गरेको जनाएको छ।