Menu

आजको मौसम

भदौदेखि फेरि आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा

Author
News Desk |
August 02, 2026
Featured

वीरगंज , साउन १८ —

नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। आन्दोलनको मिति र कार्यक्रम विस्तारित कार्यालय बैठकले तय गर्ने उनले जानकारी दिए।

महासंघले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग दोहोर्‍याउँदै शिक्षा नियमावलीको दशौं संशोधनमा समेटिएका केही प्रावधानप्रति असहमति जनाएको छ।

शिक्षक सरुवा, विद्यालय कर्मचारी, ईसीडी शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने माग पनि महासंघले अघि सारेको छ। महासंघले आफ्ना माग सम्बोधन नभए भदौदेखि आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3