पर्सा , भदौ ११—
रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म विभिन्न जिल्लाबाट २७० जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ।
त्यस्तै गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय समाचार कक्षले जनाएको छ।
बाढीपछि विभिन्न जिल्लामा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।:::