Menu

आजको मौसम

भारतमा पक्राउ परेका दुई नेपाली किसान धरौटीमा छुट्ने

Author
News Desk |
August 05, 2026
Featured

सर्लाही, साउन २० —

मल खरिद गर्न भारत गएका क्रममा पक्राउ परेका सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई भारतीय अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेश कुमार झाको इजलासले बुधबार दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। किसानका तर्फबाट अधिवक्ता संजयकुमार झा र किरण चौधरीले बहस गरेका थिए।

सुरेशप्रसादका छोरा अविनाश सिंहका अनुसार अदालतको आदेश आए पनि भारतका दुई जना आधार कार्डधारी व्यक्तिले जमानत बस्नुपर्ने प्रक्रिया बाँकी रहेकाले दुवै जना बिहीबार रिहा हुनेछन्।

सुरेशप्रसाद र नागेन्द्रप्रसादलाई गत असार १७ गते भारतको सीतामढी जिल्लास्थित सोनबर्षाबाट डीएपी र युरिया मल लिएर फर्किने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको थियो। उनीहरूलाई असार १८ गते जेल चलान गरिएको थियो।

उनीहरूको रिहाइको मागसहित दर्ता भएको निवेदनमाथि साउन १५ गते सुनुवाइ हुने तय भए पनि न्यायाधीश बिदामा रहेकाले बुधबार मात्र सुनुवाइ भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3