Menu

आजको मौसम

गोलबजारमा कर्फ्यु खुकुलो , बिहान १० देखि साँझ ७ बजेसम्म आवतजावत खुला

Author
News Desk |
August 01, 2026
Featured

सिरहा, साउन १७ —

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो बनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु अस्थायी रूपमा खुकुलो पारिएको हो। प्रशासनले स्थानीय अवस्थाको थप मूल्यांकनपछि कर्फ्यु हटाउने वा पुनः लागू गर्नेबारे आवश्यक निर्णय गरिने जनाएको छ।

कर्फ्यु खुकुलो अवधिमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिने भए पनि पाँच जनाभन्दा बढी व्यक्ति समूहमा भेला हुन भने रोक लगाइएको छ।

सुनसरी घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कर्फ्यु लागू गरिएको थियो। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सर्वसाधारणलाई संयम अपनाउन र प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3