Menu

आजको मौसम

प्रधानमन्त्री शाह र प्रधानसेनापतिबीच भेट, छलफलको विषय खुलाइएन

Author
News Desk |
August 04, 2026
Featured

पर्सा , साउन २० —

प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानसेनापति सिग्देल बिहान ११ बजाअघि प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए। त्यसपछि सुदूरपश्चिमका सांसदहरूसँग छलफलको कार्यक्रम रहेकाले भेटवार्ता छोटो समयमै सकिएको थियो।

पछिल्लो समय तराई–मधेश क्षेत्रमा देखिएको साम्प्रदायिक तनाव साम्य हुँदै गइरहेका बेला भएको उक्त भेटमा के विषयमा छलफल भयो भन्नेबारे प्रधानमन्त्रीको सचिवालयले जानकारी नभएको जनाएको छ।

यता, नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रधानमन्त्री र प्रधानसेनापतिबीच नियमित रूपमा हुने भेटघाटअन्तर्गत नै मंगलबारको भेट भएको बताएका छन्।

तराई क्षेत्रमा देखिएको पछिल्लो अवस्थालाई लिएर गत साता राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत बसेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3