Menu

आजको मौसम

बाढी प्रभावितका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

Author
News Feed |
August 27, 2026
Featured

पर्सा, भदौ ११ —

रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि भारत सरकारले थप ३७.५ टन राहत सामग्री नेपाल पठाएको छ।

मानवीय सहायता, विपद् राहत सामग्री, औषधि तथा खाद्यान्न बोकेको दोस्रो विमान काठमाडौंका लागि उडेको भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले जानकारी दिएका छन्।

जयशङ्करले सामाजिक सञ्जाल ‘एक्स’मार्फत राहत सामग्री बोकेको विमान काठमाडौंका लागि प्रस्थान गरेको जानकारी दिँदै भारत नेपाल सरकार तथा सम्बन्धित अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्।

उनले बाढी प्रभावितको राहत तथा उद्धार प्रयासमा भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। यसअघि जयशङ्करले बाढीबाट ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका थिए।

यसअघि पनि भारत सरकारले नेपालका बाढी प्रभावितका लागि १० टन राहत सामग्री पठाएको थियो। उक्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’लाई हस्तान्तरण गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3