Menu

आजको मौसम

भारतमा तीर्थयात्री सवार बस दुर्घटना, रौतहटका तीन जनाको मृत्यु

Author
News Desk |
August 14, 2026
Featured

रौतहट , साउन २९ –

रौतहटको गरुडा नगरपालिका–६ पोठीयाहीबाट भारतको झारखण्डस्थित बाबा वैद्यनाथ र बासुकीनाथ दर्शन गर्न गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालकसमेत छन् ।

बाबा वैद्यनाथ धाम र बासुकीनाथ दर्शन गरेर फर्कने क्रममा झारखण्डको कोडरमा जिल्लास्थित पोखरडिहा मोड नजिक बस र ट्रक आपसमा ठोक्किएका थिए । दुर्घटनामा ४५ भन्दा बढी यात्रु घाइते भएका छन् । बसमा कर्मचारीसहित करिब ५० जना सवार रहेको बताइएको छ ।

गरुडा–६ का वडाध्यक्ष रामबाबु चौधरीका अनुसार दुर्घटनामा स्थानीय नवल चौधरी, उनकी श्रीमती र राजेश महतोका १४ वर्षीय छोरा शिवम महतोको मृत्यु भएको छ । गाउँबाट ४७ जना तीर्थयात्राका लागि गएको उनले बताए ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि स्थानीय प्रहरीले उद्धार गरी घाइतेहरूलाई अस्पताल लगेको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको जानकारी आएको बताए । भारतीय सुरक्षाकर्मीमार्फत घटनाबारे थप जानकारी लिने काम भइरहेको उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3