Menu

आजको मौसम

चीनमा म्याग्लेभ रेलले फेरि तोड्यो विश्व कीर्तिमान

Author
News Desk |
August 15, 2026
Featured

एजेन्सी , साउन ३० –

चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने म्याग्लेभ रेलले नयाँ विश्व कीर्तिमान कायम गरेको छ।

हुबेईस्थित डोङ्हु प्रयोगशालाको १ किलोमिटर लामो ट्र्याकमा परीक्षण गरिएको १ हजार १०० किलो तौलको रेलले ५.३ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको सीसीटीभीले जनाएको छ।

परीक्षणका क्रममा ८०० किलोमिटर प्रतिघण्टाको गतिमा पुगेपछि रेल २०० मिटरभित्रै सुरक्षित रूपमा रोकिएको थियो। योसँगै म्याग्लेभ प्रविधिमा चीनले ६ महिनाभित्रै तेस्रो पटक आफ्नै कीर्तिमान तोडेको हो।

म्याग्लेभ प्रविधिमा पाङ्ग्रा र ट्र्याकबीच घर्षण नहुने भएकाले रेल तीव्र गतिमा चल्न सक्छ। अनुसन्धानकर्ताहरूले यो प्रविधि भविष्यमा रकेट तथा लडाकु विमानको प्रक्षेपण र भ्याकुम–ट्युब ट्रेन निर्माणमा प्रयोग हुन सक्ने बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3