Menu

आजको मौसम

पर्सामा भारी वर्षाको जोखिम,उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Author
News Desk |
August 02, 2026
Featured

वीरगंज , साउन १८ —

जिल्ला प्रशासन कार्यालय पर्साले अत्यधिक वर्षा र सम्भावित बाढी–डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भट्टद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक वर्षाका कारण नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भूभाग डुबानमा पर्न सक्ने उच्च जोखिम रहेको उल्लेख गरिएको छ।

प्रशासनले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित तथा उच्च स्थान, सामुदायिक आश्रयस्थल र नजिकका खुला क्षेत्रको पहिचान गर्न, बाढी पूर्वानुमान महाशाखाको आधिकारिक सूचना तथा सञ्चारमाध्यममार्फत आउने जानकारी नियमित रूपमा पछ्याउन र हल्ला तथा अफवाहमा विश्वास नगर्न अनुरोध गरेको छ।

त्यस्तै नागरिकता, जग्गाधनी प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रलगायतका महत्त्वपूर्ण कागजात र नगद धनमाललाई वाटरप्रुफ झोलामा सुरक्षित राख्न तथा आकस्मिक अवस्थाका लागि सुख्खा खाद्यान्न, अत्यावश्यक औषधि, टर्चलाइट, पावरबैंक र स्वच्छ पिउने पानीसहितको ‘इमर्जेन्सी गो–ब्याग’ तयार राख्न पनि प्रशासनले आग्रह गरेको छ।

सूचनामा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राख्न, घर वा पसलमा पानी पसेमा विद्युत् दुर्घटना हुन नदिन मुख्य स्विच बन्द गर्न तथा नदी–खोलामा पानीको बहाव बढेका बेला माछा मार्न, पौडी खेल्न वा काठ–दाउरा संकलन गर्न नदी किनारतर्फ नजान विशेष अनुरोध गरिएको छ।

कुनै पनि विपद् वा आकस्मिक अवस्था उत्पन्न भएमा तत्काल नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४) वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र पर्सामा सम्पर्क गरी आवश्यक सहयोग लिन प्रशासनले आग्रह गरेको छ। साथै सबै नागरिकलाई सुरक्षित रहँदै आवश्यक सतर्कता अपनाउन र नागरिक कर्तव्य पालना गर्न प्रशासनले अपिल गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3