Menu

आजको मौसम

कुम्हाल टोलमा सरसफाइ र सडक नाटक

Author
News Feed |
August 27, 2026
Featured

वीरगंज, भदौ ११ —

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल र मूनलाईट इङ्लिस बोर्डिङ स्कुलको सहकार्यमा कुम्हाल टोल क्षेत्रमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार बिहान भएको कार्यक्रममा मूनलाईट स्काउट समूहले कुम्हाल टोल, ६ नं. गेट, विन टोल, शिव मन्दिर र बुद्ध मन्दिर आसपास सरसफाइ गरेको थियो।

कार्यक्रममा जथाभावी फोहोर नफाल्न, घर तथा टोलको वातावरण सफा राख्न र सरसफाइमा सबै नागरिक जिम्मेवार बन्न आग्रह गर्दै सडक नाटकसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रमका सभापति श्याम के.सी.ले सरसफाइ कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताउँदै स्थानीयलाई आफ्नो टोल स्वच्छ राख्न आग्रह गर्नुभयो।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, स्काउट शिक्षक, विद्यार्थी, शिक्षक तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3