Menu

आजको मौसम

अमेरिकामा नेपालीसहित १३ देशका नागरिकको टीपीएस अन्त्य हुँदै

Author
News Desk |
August 15, 2026
Featured

वासिङ्टन , साउन ३० –

अमेरिकाको गृह सुरक्षा विभाग (डीएचएस) ले नेपालसहित १३ देशका नागरिकलाई दिँदै आएको अस्थायी संरक्षित हैसियत (टीपीएस) अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ।

अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेपछि टीपीएस अन्त्य गर्ने कानुनी बाटो खुलेसँगै डीएचएसले यससम्बन्धी सूचना जारी गरेको हो।

नेपालसँगै हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुआ, भेनेजुएला, दक्षिण सुडान, बर्मा, सोमालिया र इथियोपियाका नागरिकको टीपीएस अन्त्य हुनेछ।

२०७२ सालको भूकम्पपछि अमेरिकामा रहेका योग्य नेपालीलाई सन् २०१५ जुन २४ मा पहिलोपटक टीपीएस सुविधा दिइएको थियो। यसअन्तर्गत नेपालीले अमेरिकामा कानुनी रूपमा बस्न, काम गर्न तथा देशनिकालाबाट सुरक्षा पाउँदै आएका थिए।

डीएचएसका अनुसार सुरुमा करिब १२ हजार ७०० नेपाली टीपीएसमा आबद्ध थिए। तीमध्ये करिब ५ हजार ५०० जनाले ग्रीन कार्ड प्राप्त गरिसकेका छन्। बाँकी नेपाली भने अझै टीपीएसमा निर्भर छन्।

टीपीएस अन्त्य भएपछि अन्य कानुनी हैसियत नभएका नेपालीले अमेरिका छाड्नुपर्ने वा देशनिकालाको प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्छ। तर ग्रीन कार्ड प्रक्रियामा रहेका वा अन्य वैध भिसामार्फत अमेरिकामा रहेका नेपाली भने यस निर्णयबाट प्रभावित नहुने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3