Menu

आजको मौसम

औषधीय गाँजा उत्पादनमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने

Author
News Feed |
August 24, 2026
Featured

पर्सा , भदौ ८ —

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरण गर्न आवश्यक कानुनी व्यवस्था भए अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताएका छन्।

राष्ट्रियसभाको बैठकमा सांसद विष्णुकुमारी सापकोटाको प्रश्नको जवाफ दिँदै उनले गाँजालाई आय, रोजगारी र राजस्वको विषयमा मात्र सीमित नगरी औषधिजन्य तथा नियन्त्रित पदार्थका रूपमा विज्ञ अध्ययन आवश्यक रहेको बताए।

उनले गृह मन्त्रालयसँग समन्वय गरी थप अध्ययन अघि बढाउने र कानुनी रूपमा व्यवस्थित गर्न सके सकारात्मक रूपमा सहजीकरण गर्ने धारणा राखे। कानुनी व्यवस्था भए गाँजा उत्पादनले आय, रोजगारी, औद्योगिक प्रवद्र्धन तथा राजस्व वृद्धिमा योगदान पुर्‍याउन सक्ने उनको भनाइ थियो।

यसैगरी, आर्थिक वर्ष २०८३/८४ मा विभिन्न मन्त्रालय तथा निकायसम्बन्धी ऐन, नियम र कार्यविधि निर्माणका लागि प्रारम्भिक रूपमा रु. ७ लाख विनियोजन गरिएको उनले जानकारी दिए। आवश्यकता अनुसार रकम वृद्धि गर्न सकिने उनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3