बारा , भदौ ८ —
बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१ का प्रदीप खड्का रहेका छन्। उनी विद्यार्थी रहेको प्रहरीले जनाएको छ।
गरिमा भदौ २ गते घरबाट हराएको तीन दिनपछि सोही वडाको एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले हालसम्म ९ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।