बारा- सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या घटना र त्यसमा प्रहरीबाट भएका कमजोरीको छानबिन गर्न समिति गठन भएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको अध्यक्षतामा समिति गठन भएको हो ।
समितिमा काठमाडौंबाट समेत अनुसन्धानमा अनुभवी प्रहरी अधिकारी खटाइएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजु अधिकारीलाई छानबिनमा खटाइएको छ।
सो घटनामा प्रहरीको भूमिकामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । बालिका बेपत्ता भएपछि खोजीमा चासो नदिएकोदेखि आरोपीको भिडियो सार्वजनिक गरेको विषयले प्रहरी विवादित बनेको छ।