Menu

आजको मौसम

सरकारी टिपरबाटै नदीजन्य पदार्थ ओसारपसार, वन कार्यालयद्वारा नियन्त्रण

Author
News Feed |
August 24, 2026
Featured

बारा , भदौ ८ —

जीतपुरसिमरा उपमहानगरपालिकाको सरकारी नम्बर प्लेटको टिपरले कानूनविपरीत नदीजन्य पदार्थ ओसारपसार गरेको आरोपमा डिभिजन वन कार्यालय, सिमराले नियन्त्रणमा लिएको छ।

भदौ १ गते बिहान दुधौरा पुलको करिब एक सय मिटर दक्षिणबाट ग्राभेल ओसारपसार गर्दै गरेको अवस्थामा ना.१ग ७२० नम्बरको १० चक्के टिपरलाई हलखोरिया सबडिभिजन वन कार्यालय, डुमरवानाको टोलीले नियन्त्रणमा लिएको हो।

सबडिभिजन वन कार्यालयका प्रमुख राजेश साहका अनुसार ग्राभेल भ्याकु लोडर वा एक्साभेटरबाट टिपरमा लोड गरिएको देखिए पनि अन्य साधन फेला परेका छैनन्।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजीतकुमार झाले कानूनले निषेध गरेको समयमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गरेको पुष्टि भए मधेस प्रदेश आर्थिक ऐन २०८३ बमोजिम कारबाही हुने बताए।

उनका अनुसार टिपरलाई ३० हजार रुपैयाँसम्म जरिवाना गरी नदीजन्य पदार्थ जफत गर्न सकिनेछ। पटक–पटक अवैध गतिविधि पुष्टि भए मेसिन तथा सवारीसाधनसमेत जफत गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए।

वन कार्यालयका अनुसार असार, साउन र भदौ गरी तीन महिनासम्म नदी तथा खोलाबाट ढुंगा, गिट्टी, ग्राभेल र बालुवा उत्खनन, सङ्कलन तथा ओसारपसारमा रोक लगाइएको छ।

उपमहानगरपालिकाकै सरकारी टिपरबाट यस्तो कार्य भएको आरोप लागेपछि स्थानीयले कानून कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाइएको भन्दै प्रश्न उठाएका छन्।

तस्वीर // प्रतीक दैनी

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3