Menu

आजको मौसम

ठाकुरराम क्याम्पसमा मोबाइलबाट चिट गरेको विषयमा विवाद

Author
News Desk |
August 13, 2026
Featured

पर्सा , साउन २८ –

वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मास्टर डिग्रीको परीक्षा सञ्चालन भइरहेका बेला मोबाइलबाट चिट चोरी गरेको विषयमा विवाद उत्पन्न भएको छ।

एक परीक्षार्थीले मोबाइलबाट चिट चोरी गरिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सभापति राज यादवले रोक्न खोज्दा विवाद भएको भएको हो।

विवादपछि केही व्यक्तिहरूले स्ववियु सभापति यादवसहितका व्यक्तिमाथि हातपात गरेको उनीहरूको भनाइ छ।

सभापति यादवले घटनाका क्रममा प्रहरीबाट आफूहरूलाई आवश्यक सहयोग नभएको गुनासो गरेका छन्।

घटनापछि सार्वजनिक भएको एउटा भिडियोमा केही व्यक्तिहरूले प्रहरीमाथि समेत आक्रमण गरेको देखिन्छ। तर भिडियोमा देखिएको घटनाको वास्तविकता तथा त्यसमा संलग्न व्यक्तिबारे आधिकारिक पुष्टि भइसकेको छैन।

घटनाको सत्यतथ्य बाहिर आउन बाँकी रहेकाले सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3