Menu

आजको मौसम

‘द लास्ट हाउस’ नेटफ्लिक्समा सर्वाधिक हेरिने फिल्म

Author
News Feed |
August 24, 2026
Featured

पर्सा, भदौ ८ —

विज्ञान र मनोविज्ञान कथामा आधारित फिल्म ‘द लास्ट हाउस’ गतसाता नेटफ्लिक्समा सर्वाधिक हेरिएको फिल्म बनेको छ। नेटफ्लिक्सले सार्वजनिक गरेको शीर्ष १० सूचीमा फिल्म ३ करोड ३५ लाख भ्युजसहित पहिलो स्थानमा परेको हो।

लुइस लेटियर निर्देशित फिल्ममा ऋणको बोझमा परेका एक दम्पतीले अलौकिक आँधीबेहरीपछि आफ्नै घरभित्र कैद हुनुपरेको कथा प्रस्तुत गरिएको छ। फिल्म ९३ देशको शीर्ष १० सूचीमा परेको छ।

सूचीमा ‘डन्ट से गुड लक’ ८१ लाख भ्युजसहित दोस्रो र ‘एक्सिङ्सन’ ७४ लाख भ्युजसहित तेस्रो स्थानमा छन्। त्यस्तै ‘सेभेन्टी टु आवर्स’, ‘चार्ली एन्ड द फ्याक्ट्री’ र ‘आर्थर द किङ’ क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन्।

‘ह्वाट अ गर्ल वान्ट्स’, ‘स्पाइडर-म्यानः फार फ्रम होम’, ‘के–पप डेमन हन्टर्स’ र ‘इन द ल्यान्ड अफ सेन्ट्स एन्ड सिनर्स’ क्रमशः सातौँदेखि दसौँ स्थानमा परेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3