Menu

आजको मौसम

पर्सा ट्राफिकको ‘२ मिनेट’ अभियान, दुई पाङ्ग्रे चालकलाई नियमबारे सचेत

Author
News Desk |
August 03, 2026
Featured

वीरगंज , साउन १८ —

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान सञ्चालन गरेको छ।

अभियानअन्तर्गत प्रतिमाचोक, मुर्ली, गण्डक, परवानीपुर, मिलनचोक, बहुअर्वा र ठोरीलगायतका क्षेत्रमा दुई पाङ्ग्रे सवारी चालकसँग प्रत्यक्ष संवाद गरी ट्राफिक नियमबारे जानकारी दिइएको हो।

कार्यक्रममा हेल्मेटको अनिवार्य प्रयोग, मोटरसाइकलमा तीन जना वा सोभन्दा बढी सवार नगर्ने, मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी नचलाउने, तीव्र गतिमा सवारी नहाक्ने, आवश्यक कागजात साथमा राख्ने तथा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने विषयमा चालकलाई सचेत गराइएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार चालकसँग करिब दुई मिनेटको संवादमार्फत सुरक्षित यात्रा, जिम्मेवार चालकको भूमिका तथा सडक दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराइएको हो।

कार्यालयले यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानमा निरन्तर सञ्चालन गरिने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3