Menu

आजको मौसम

निगमको दाबी विपरीत बजारमा ग्यास अभाव, उपभोक्ता घण्टौँ लाइनमा

Author
News Desk |
August 03, 2026
Featured

वीरगंज , साउन १९ —

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास पर्याप्त मात्रामा आयात तथा मौज्दात रहेको दाबी गरे पनि बजारमा भने ग्यास अभाव कायमै रहेको छ। निगमले आपूर्तिमा कुनै समस्या नरहेको जनाएको भए पनि डिलर तथा सप्लायरहरूले उद्योगबाट पर्याप्त ग्यास नआएको बताएका छन्।

सरकारले भरिएका सिलिन्डर बजारमा पठाउने व्यवस्था सुरु गरेको दुई हप्तामै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास अभाव देखिएको हो। ग्यास नपाएपछि उपभोक्ता खाली सिलिन्डर बोकेर डिलर र सप्लायरकहाँ लामो लाइन बस्न बाध्य भएका छन्। कतिपयले एउटा सिलिन्डर साट्न हप्तौँसम्म कुर्नुपरेको गुनासो गरेका छन्।

काठमाडौंको टेकुस्थित नेपाल आयल निगम परिसर, बालाजु औद्योगिक क्षेत्रको नेपाल ग्यास डिपो तथा अन्य डिलरका पसलमा पनि ग्यास लिन उपभोक्ताको भीड यथावत् देखिएको छ।

यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्योग तथा व्यवसायीमाथि कारबाही गर्न निर्देशन दिएको छ। विभागले काठमाडौं उपत्यकाका ११ वटा उद्योग तथा व्यवसायिक फर्ममा अनुगमन गरी आवश्यक निर्देशन तथा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

बजारमा ग्यास अभावबारे लगातार गुनासो आएपछि विभागले ग्यास आपूर्ति र वितरण प्रणालीमा केन्द्रित भएर अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3