Menu

आजको मौसम

वीरगंजमा एलपी ग्यास अभाव, उपभोक्ता घण्टौँ लाइनमा

Author
News Desk |
August 03, 2026
Featured

वीरगंज , साउन १८ —

वीरगंजमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ता बिहानैदेखि डिलरको गोदाममा लामो लाइन बस्न बाध्य भएका छन्। घण्टौँ पालो कुरे पनि धेरैले ग्यास नपाई खाली हात फर्किनुपरेको गुनासो गरेका छन्।

स्थानीय ग्यास डिलरका अनुसार पछिल्ला केही सातादेखि मागअनुसार ग्यास आपूर्ति हुन नसक्दा नियमित वितरणमा समस्या भइरहेको छ। सीमित परिमाणमा मात्र ग्यास प्राप्त भएकाले सबै उपभोक्तालाई उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ।

ग्यास अभावका कारण दैनिक खाना पकाउन समस्या भएको भन्दै उपभोक्ताले आपूर्ति व्यवस्था सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

यता, नेपाल आयल निगमले भने बजारमा खाना पकाउने ग्यास पर्याप्त मात्रामा उपलब्ध रहेको दाबी गर्दै आएको छ। तर निगमको दाबी र वीरगञ्जको वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएको भन्दै उपभोक्ताले प्रश्न उठाएका छन्।

उपभोक्ता तथा स्थानीय व्यवसायीले ग्यास आपूर्ति, वितरण प्रणाली र सम्भावित कालोबजारीबारे निष्पक्ष छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार कृत्रिम अभाव सिर्जना भएको हो वा आपूर्ति व्यवस्थापनमै समस्या छ भन्ने विषय स्पष्ट हुन आवश्यक छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3