Menu

आजको मौसम

भाजपाको गढ भत्काउँदै प्रशान्त किशोरको ऐतिहासिक जित

Author
News Desk |
August 03, 2026
Featured

पर्सा , साउन १८ —

जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले बिहारको बांकीपुर विधानसभा क्षेत्रबाट ऐतिहासिक जित हासिल गरेका छन्। यससँगै उनले आफ्नो पहिलो चुनावी सफलता प्राप्त गर्नुका साथै जन सुराज पार्टीलाई पहिलोपटक बिहार विधानसभामा प्रतिनिधित्व गराउन सफल भएका छन्।

झन्डै तीन दशकदेखि भारतीय जनता पार्टी (भाजपा) को प्रभाव रहेको बांकीपुर क्षेत्रमा प्रशान्त किशोरको जितलाई बिहारको राजनीतिमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

विगत दुई वर्षदेखि बिहारभर पदयात्रा गर्दै जन सुराजलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सक्रिय रहेका किशोरका लागि यो विजय ठूलो उपलब्धि मानिएको छ।

अघिल्लो विधानसभा निर्वाचनमा कुनै पनि सिट जित्न नसकेको जन सुराजका लागि बांकीपुरको सफलता नयाँ ऊर्जा र संगठन विस्तारको आधार बनेको विश्लेषण गरिएको छ। बिहारको बदलिँदो राजनीतिक समीकरणबीच यो जितले आगामी दिनमा जन सुराजको प्रभाव अझ बढ्न सक्ने संकेत गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3