Menu

आजको मौसम

पुराना दलसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न रविको निर्देशन

Author
News Feed |
August 24, 2026
Featured

पर्सा , भदौ ८ —

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

काठमाडौंमा आयोजित ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका कमजोरीको आलोचना गरिरहनुभन्दा देश र आउँदो पुस्ताका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्ने बताए।

उनले पुराना दलले ३५ वर्षमा गरेका सकारात्मक कामका लागि धन्यवाद दिनुपर्ने धारणा राखे। सरकार मात्र नभई प्रतिपक्ष पनि बलियो हुनुपर्ने भन्दै उनले राजनीतिक संस्कार देखाउन नेताहरूलाई आग्रह गरे।

लामिछानेले रास्वपाले सरकारका कामलाई नागरिकका पक्षमा रहेर खबरदारी गरिरहेको बताए। साथै, पार्टीका केन्द्रीय सदस्यहरूलाई सरकारका कामबारे निरन्तर निगरानी र खबरदारी गर्न निर्देशन दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3