Menu

आजको मौसम

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ३८ जनाको मृत्यु

Author
News Desk |
August 15, 2026
Featured

जकार्ता , साउन ३० –

इन्डोनेसियामा आज बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको त्यहाँको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

विपद् व्यवस्थापन निकाय ‘बीपीबीडी’का अनुसार खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्नेछ । भूकम्पपछि दर्जनौँ परकम्पसमेत आएका छन् । भूकम्पका कारण विभिन्न भवनमा क्षति पुगेको जनाइएको छ ।

स्थानीय समयअनुसार बिहान करिब ५ बजे फ्लोरेस टापुमा भूकम्प गएको थियो । भूकम्पपछि प्रशासनले सुनामीको चेतावनी जारी गरे पनि करिब तीन घण्टापछि चेतावनी हटाएको बीबीसीले जनाएको छ ।

विपद् व्यवस्थापन निकायका अनुसार करिब २ हजार मानिस सुरक्षित स्थानमा सरेका छन् । प्रभावित क्षेत्र दुर्गम तथा पहाडी रहेकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने जनाइएको छ ।

विपद् व्यवस्थापन निकायले स्थानीय बासिन्दालाई संयमित रहन तथा तटीय क्षेत्रबाट टाढा बस्न आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3