Menu

आजको मौसम

भारतीय अभिनेता प्रदीप रावतको निधन

Author
News Desk |
August 04, 2026
Featured

काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हाे ।

मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनकाे निधन भएकाे भारतमा रहेकी अभिनेत्री विपना थापाले जानकारी दिइन्।

तेलुगु, हिन्दी र तमिल फिल्मका अभिनेता समेत रहेका रावतले चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिए।
रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत अभिनय गरेका छन्।
रावतले विपना थापासँग नेपाली फिल्म ‘आबाट आमा’ र ‘आबाट आमा–२’ मा काम गरेका थिए।
रावतको निधनको खबरपछि अभिनेत्री थापाले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेकी छिन्। भारतीय कलाकारहरूले पनि सामाजिक सञ्जालमा रावतको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3