Menu

आजको मौसम

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले पर्यटन व्यवसायी उत्साहित

Author
News Feed |
August 24, 2026
Featured

मुस्ताङ, भदौ ८ —

प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमणले स्थानीयवासी तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। प्रधानमन्त्रीको भ्रमणसँगै जिल्लाको पर्यटन, धार्मिक क्षेत्र र सडक पूर्वाधार विकासले थप प्राथमिकता पाउने उनीहरूको अपेक्षा छ।

प्रधानमन्त्री शाह बर्खायाममा बेनी–जोमसोम सडकखण्डको कठिन यात्रा गर्दै आफैँ गाडी चलाएर शनिबार जोमसोम पुगेका थिए। सडकमार्गबाटै प्रधानमन्त्री मुस्ताङ पुगेकाले जिल्लाको सडक पूर्वाधार सुधारमा सरकारको ध्यान जाने आशा बढेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले बताए।

उनले कोरला नाकालाई व्यवस्थित गर्दै अध्यागमन तथा राहदानीसम्बन्धी सुविधा प्रभावकारी बनाउन सके मुस्ताङको पर्यटनमा ठूलो परिवर्तन ल्याउन सकिने बताए। उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकका लागि प्रक्रिया सहज बनाए भारत, नेपाल र चीन जोड्ने त्रिदेशीय पर्यटनमार्ग विकास गर्न सकिने उनको भनाइ छ।

मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले पनि प्रधानमन्त्रीको भ्रमणलाई मुस्ताङका पर्यटन व्यवसायीका लागि महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3