Menu

आजको मौसम

वीरगंजमा सडक विस्तार अन्तिम चरणमा, ८५ वटा संरचना अझै हटाउन बाँकी

Author
News Desk |
August 05, 2026
Featured

वीरगंज , साउन २० —

वीरगंज महानगरपालिकाभित्र मुख्य सडक विस्तारअन्तर्गत सडक सीमाभित्र परेका संरचना हटाउने अभियान अन्तिम चरणमा पुगेको छ। केही दिन रोकिएको अभियान सोमबारदेखि पुनः सञ्चालन गरिएको हो।

गहवामाई रथयात्रा, अत्यधिक गर्मी तथा वीरगञ्जमा लागू गरिएको निषेधाज्ञाका कारण स्थगित भएको अभियान माईस्थान क्षेत्रबाट पुनः सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाले जनाएको छ।

वीरगञ्जका लागि तोकिएका फोकल पर्सन तथा इन्जिनियर दुर्गाप्रसादका अनुसार सोमबार माईस्थान क्षेत्रमा करिब एक दर्जन साना तथा ठूला घर भत्काइएको छ। हालसम्म अधिकांश संरचना हटाइसकिएको र अब करिब ८५ वटा घर तथा भवन भत्काउन बाँकी रहेको उनले बताए।

उनका अनुसार अब हटाउन बाँकी रहेका अधिकांश ठूला संरचना भएकाले आवश्यक उपकरणको व्यवस्था गरी अभियानलाई तीव्र बनाइनेछ। घण्टाघरस्थित डाबर नेपालको भवन पनि सडक विस्तारको दायरामा पर्ने भए पनि नेपाली सेनाको कम्पाउण्ड वाल र भवन भने तत्काल नहटाइने उनले स्पष्ट पारे।

सडक विभागले पहिलो चरणमा गत वैशाख ६ र ७ गते करिब एक हजार २०० घर तथा भवनको अगाडिको भाग हटाएको थियो। त्यसपछि २५ दिनभित्र स्वयं संरचना हटाउन आग्रह गरिए पनि अटेर गरेपछि दोस्रो चरणको अभियान सञ्चालन गरिएको हो।

सडक विभागले बाँकी संरचना हटाउने कार्यलाई तीव्रता दिँदै अभियान छिट्टै सम्पन्न गर्ने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3