Menu

आजको मौसम

वीरगंज महानगरको छात्रवृत्ति परीक्षा: दुई महिना बित्दा पनि नतिजा सार्वजनिक भएन

Author
News Feed |
August 24, 2026
Featured

वीरगंज , भदौ ८ —

वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि कक्षा ९ र ११ का जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लिएको लिखित परीक्षा भएको दुई महिना बितिसक्दा पनि नतिजा सार्वजनिक हुन सकेको छैन।

महानगरपालिकाले चार परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षामा कक्षा ९ का ९५७ र कक्षा ११ का १ हजार ४६१ गरी कुल २ हजार ४१८ विद्यार्थीले आवेदन दिएका थिए। परीक्षामा १०० वटा वस्तुगत प्रश्न सोधिएको थियो।

परीक्षार्थी विद्यार्थीको विद्यालय भर्ना हुने समय नजिकिँदै गए पनि छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक नहुँदा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन्। अभिभावकहरूले तत्काल नतिजा सार्वजनिक गर्न माग गरेका छन्। नतिजा सार्वजनिक गर्न ढिलाइ भए विरोधमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।

महानगरपालिकाका एक कर्मचारीका अनुसार परीक्षाको प्रश्नपत्र जाँच भइसकेको भए पनि नतिजा अद्यावधिक गर्ने काम बाँकी रहेकाले परीक्षाफल सार्वजनिक गर्न ढिलाइ भएको हो।

आर्थिक रूपमा विपन्न तथा अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले हरेक वर्ष यस्तो परीक्षा सञ्चालन गर्दै आएको छ। तर यसपटक परीक्षा सम्पन्न भएको लामो समयसम्म नतिजा सार्वजनिक नहुँदा विद्यार्थी तथा अभिभावकमा असन्तुष्टि बढेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3