Menu

आजको मौसम

सुजित मेमोरियल टी–२० : वडा नं. २७ लाई हराउँदै वडा नं. ८ विजयी

Author
News Feed |
November 11, 2026
Featured

बारा, २५ कात्तिक । बाराको कलैया उपमहानगरपालिका-१४ भौरास्थित खेल मैदानमा स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिन बुधबार भएको पहिलो खेलमा कलैया उपमहानगरपालिका वडा नं. २७ लाई ३ विकेटले पराजित गर्दै वडा नं. ८ विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. २७ ले १३ ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको थियो । टोलीका लागि उमेश साहनीले सर्वाधिक २९ रन बनाए भने धनञ्जय लहेराले १६ र प्रबेज अन्सारीले १० रनको योगदान दिए ।
वडा नं. ८ का बलर राजेश कुमारले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । सुसान्त पाण्डेले २ तथा सलिम अन्सारीले २ विकेट लिए ।

८५ रनको लक्ष्य पछ्याएको वडा नं. ८ ले १२.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । टोलीका लागि राजेश कुमारले उत्कृष्ट ब्याटिङ गर्दै २७ बलमा ४२ रन बनाए । त्यस्तै, बिबेक कुमारले १३ तथा रहिम मियाँले अविजित ७ रनको योगदान दिए ।

उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गरेका वडा नं. ८ का राजेश कुमार कहार म्यान अफ द म्याच घोषित भएको आयोजक समितिका अध्यक्ष रमेश ठाकुरले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ मा चार–चार टोली गरी विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको तेस्रो दिन बुधबार (आज) दिउँसो १ बजेदेखि वडा नं. १४ र वडा नं. ४ बीच अर्को खेल हुने आयोजक समितिका अध्यक्ष ठाकुरले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3