Menu

आजको मौसम

जीतपुरसिमरा नगर अस्पतालको नयाँ भवनबाट ओपीडी सेवा सुरु, विशेषज्ञ चिकित्सकसहित ३५ स्वास्थ्यकर्मी थपिए

Author
News Feed |
November 02, 2026
Featured

बारा, १६ कात्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित जीतपुरसिमरा नगर अस्पतालको नवनिर्मित भवनबाट सोमबारदेखि बहिरङ्ग (ओपीडी) सेवा सुरु गरिएको छ।

अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले उपमहानगरपालिकाले निर्माण गरेको चारतले नयाँ भवनबाट सेवा विस्तार गरिएको हो। पुरानो भवनले बिरामीको चाप धान्न नसकेको र नयाँ चिकित्सकका लागि कोठाको अभाव भएपछि भवनको भुइँतला तयारी अवस्थामा राखेर तत्कालका लागि ओपीडी सेवा सञ्चालनमा ल्याइएको हो।

नयाँ भवनबाट सेवा थालिए पनि औपचारिक उद्घाटन भने हुन बाँकी रहेको अस्पतालले जनाएको छ। अस्पतालले सेवालाई प्रभावकारी बनाउन एक सर्जन, एक बालरोग विशेषज्ञ र पाँच मेडिकल अधिकृतसहित ३५ जना नयाँ स्वास्थ्यकर्मी थपेको छ। यसअघि नै हाड तथा जोर्नीरोग विशेषज्ञका रूपमा कार्यरत डा. नवनीत रौनियारले यस क्षेत्रमै हाड तथा जोर्नीसम्बन्धी दर्जनौँ सफल शल्यक्रिया गरिसकेका छन्।

हाल अस्पतालमा दन्त सेवा, बालरोग सेवा, फिजियोथेरापी, र प्रयोगशालामा एनालाइजर प्रविधिसहितका सेवाहरू विस्तार गरिएका छन्। नयाँ भवन र विशेषज्ञ चिकित्सकसहितको सेवाबाट स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने तथा उपचारका लागि वीरगञ्ज, भरतपुर लगायतका अन्य सहर धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ।

यसैबीच, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविकुमार भास्करले नवनियुक्त स्वास्थ्यकर्मीहरूलाई अस्पतालका कमीकमजोरी पहिचान गर्दै बिरामीलाई उत्कृष्ट र भरपर्दो सेवा दिन आग्रह गर्नुभएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3