स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

प्रदेश २: प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वागत नगर्ने

SHARE:

जनकपुर । प्रदेश २ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका राजेश झा 'अहिराज'लाई त्यहाँको सरकारले स्वागत नगर्ने भएको छ । दलित समुदायका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर उच्च जातिका झालाई नियुक्त गरेको भन्दै नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वीकार नगर्ने भएको छ । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र साहले प्रदेश प्रमुखलाई आफूहरुले स्वागत नगर्ने प्रतिक्रिया दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ सरकारलाई कमजोर गर्न र बदनाम गराउने नियतले यस्ता गतिविधिहरु गरिरहेको उनले बताए । यस्तो कार्यलाई मधेसी जनताले स्वीकार नगर्ने उनको भनाइ छ । संघीयता अनुसार प्रदेश गठन भएसँगै सुरुमा रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कायस्थलाई हटाएर तिलक परियारलाई नियुक्त गरिएको थियो ।

अहिले नेकपाभित्रको झगडाका कारण परियारलाई हटाएर प्रधानमन्त्री ओलीले आफू निकटका राजेश झा 'अहिराज'लाई प्रदेश प्रमुखमा नियुक्त गरेका छन् । प्रदेश २ सरकारका भूमि, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले प्रतिगमनका मतियारहरुको देशभर तिरस्कार हुँदै गर्दा प्रदेश २ सरकारले त्यस्ताको स्वागतका लागि रातो कार्पेट ओछ्याउँछ भनेर सपना नदेख्न आग्रह गरे । प्रदेश प्रमुख अहिराज आइतबार ४ बजे जनकपुर पुग्दैछन् । एयरपोर्टबाट सिधै उनी जानकी मन्दिर गएर पूजापाठ गर्नेछन् । त्यसपछि उनी मधेश भवन जाने तयारी छ ।

मधेश भवन (प्रदेश सरकारको मुख्यालय) मा उनी आउने बारेमा कुनै उत्साह र तयारी देखिँदैन । आइतबार मधेस भवन सुनसान देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रीको कार्यालयहरु पनि सुनसान देखिएका छन् । प्रदेश प्रमुखको कार्यालयले भने नयाँ प्रदेश प्रमुखको स्वागतका लागि तयारी थालेको छ । प्रदेश प्रमुखको निवास तथा कार्यालय सरसफाई गरिएको छ ।
यता, मुख्यमन्त्रीदेखि लिएर अन्य मन्त्री, राज्यमन्त्रीहरु आइतबार मधेस भवनमा छैनन् । विभिन्न कार्यक्रमको बहानामा अधिकांश मन्त्रीहरु जनकपुरबाट बाहिर निस्किएका छन् ।प्रदेश २ सरकारका प्रमुख न्यायधिवक्ता दीपेन्द्र झाले प्रदेश प्रमुख झालाई स्वागत गर्ने कि विरोध गर्ने भन्नेबारे आधिकारिक निर्णय नभएको बताए । उनले आफू पनि स्वागतका लागि जाने कि नजाने भन्ने बारेमा अहिलेसम्म कुनै तयारी नभएको बताए । यद्यपि सरकारको नीति अनुसार आफूले पनि व्यवहार गर्ने उनले जनाए ।
स्रोतका अनुसार प्रदेश सरकारका मुख्य सचिव तथा कर्मचारीहरु प्रदेश प्रमुख झाको स्वागतका लागि एयरपोर्ट जानेछन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह कार्यकर्ताहरु पनि स्वागतका लागि जाने बताइएको छ । एमालेका कार्यकर्ताले एयरपोर्टमा एकसय एक किलोको मालाले प्रदेश प्रमुख झाको स्वागत गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: प्रदेश २: प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वागत नगर्ने
प्रदेश २: प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वागत नगर्ने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjKhIx1Mtla7Dd6ws-Ia56vuQHG39IZPQWrjpT4gqRzIyAbAAjtHxwJWeDXu4jRDXrGyapCzQPaIaF0Rv7KdPiWnQGu3qCg-xt8yYzphI7nidUTwjyEEQPcechEkp1_jfP63Cs0X4-F1QwA/s320/pra-752397.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjKhIx1Mtla7Dd6ws-Ia56vuQHG39IZPQWrjpT4gqRzIyAbAAjtHxwJWeDXu4jRDXrGyapCzQPaIaF0Rv7KdPiWnQGu3qCg-xt8yYzphI7nidUTwjyEEQPcechEkp1_jfP63Cs0X4-F1QwA/s72-c/pra-752397.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/02/blog-post_0.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/02/blog-post_0.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content