Menu

आजको मौसम

भ्रष्टाचार मुद्दामा मेयर राजेशमान सिंह निर्दाेष साबित, विशेष अदालतले दिए सफाइ

Author
News Desk |
September 14, 2026
Featured

काठमाडौं, २९ भदौ । 

विशेष अदालतले भ्रष्टाचार मुद्दामा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई निर्दाेष साबित गरेको छ।

अदालतले प्रमाणको अभावमा मेयर सिंह विरूद्ध दायर भएको भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला गरेको हो। फैसलासँगै उहाँमाथि लागेको आरोप खारेज भएको छ।

मेयर सिंहलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कुनै एक विकास योजनासम्बन्धी अनियमितताको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लामो समयदेखि अदालतमा विचाराधीन रहेको उक्त मुद्दामा विशेष अदालतले आज अन्तिम फैसला सुनाउँदै उनलाई सफाइ दिएको हो।

फैसला पछि मेयर सिंहले सत्यको जित भएको बताउँदै अब अझै जिम्मेवारीका साथ वीरगंजको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले आफूमाथि राजनीतिक प्रतिशोधका कारण झुटा मुद्दा लगाइएको दाबी गर्दै आउनुभएको थियो।

यसैबीच वीरगंजका स्थानीय तथा पार्टी कार्यकर्ताहरूले अदालतको फैसलाको स्वागत गर्दै खुसी व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3