बीरगन्ज, २५ माघ । जिल्ला प्रहरी कार्यालय सप्तरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरी टोलीले आइतवार बिहान ४ बजे १ थान भरुवा बन्दुकसहित शम्भुनाथ नगरपालिका वडा न. २ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डललाई पक्राउ गरेको हो ।
पक्राउ परेको दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्