वीरगंज, २९ फागुन ।
सब डिभिजन वन कार्यालय रंगपुरले सालको काठसहित एकजनालाई पक्राउ गरेको छ ।
गस्ती टोलीले ९ थान सालको चिरान काठसहित पर्सागढी नपा–७ निवासी महेश हजरा दुसाधलाई पक्राउ गरेको जनाएको छ । सूचनाको आधारमा वन गस्ती टोली पुगेपछि अन्य काठ तस्करहरु फरार भएको सुवेदार प्रदीप तिमल्सिनाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्