Menu

आजको मौसम

धारिलो हतियारबाट रौतहटमा युवकको हत्या

Author
Trilok Khabar |
July 14, 2023
Featured

रौतहट, २९ असार । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ। आफ्नो घरभित्र सुतिरहेका देवाही गोनाही ६ कर्कच कर्मैयाका  ब्रह्मदेव साहको छोरा अन्दाजी ४० वर्षका जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हो।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख इनस्पेक्टर गोविन्द कुमार साहका अनुसार घटना गए राति ११ र १२ बजेको बीचमा भएको हो । घटना पछि मृतक कानुको श्रीमतीले थाहा पाएपछि गए राति दुर्ई बजेर १५ मिनेटमा खबर गर्नासाथ हामी घटना स्थल कर्कच गाउँँमा पुगेको इनस्पेक्टर साहले बताए।

घटनावारे पहिलो जानकारी पाएकी मृतककी श्रीमतीको अवस्था ठिक नहुँदा विस्तृतमा सोधपुछ गर्न नसकेको इनस्पेक्टर साहले जानकारी दिए । यसैबीच घटनास्थल कर्कच कर्मैयामा केही बेर अघि मात्र पुगेका इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले घटनाको अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालीम प्राप्त कुकुर मगाएको बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3