Menu

आजको मौसम

प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि, दुर्ई राउण्ड हवाई फायर

Author
Trilok Khabar |
February 21, 2021
Featured

हेटौंडा,९ फागुन । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँँपालिका–१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुर्ई राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक इनद्रबहादुर रानाले जानकारी दिए ।
प्रहरीको कामकारबाईमा बाधा पु¥याएको भन्दै राक्सिराङ–१ का ४३ वर्षीय कान्छालाल रूम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले बताए ।
मकवानपुरको राक्सिराङ गाउँँपालिका–१ गाल्छाराङमा वारीमा लुकाइराखिएको १८ क्विन्टल गाँजा प्रहरीले शनिवार बरामद गरेको थियो । सो गाँजा नष्ट गरी कार्यालयतर्पm र्पmकने क्रममा स्थानीयले बाटो अवरूद्ध गरी प्रहरीको गाडी र प्रहरीहरूमाथि आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
यसैबीच राक्सिराङ–१ कुपिनटारबाट १५ किलो गाँजा र १४ किलो भाङ बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3