वीरगंज, ४ फागुन ।
बिजुलीको पोलमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रसौनी गा.पा. वार्ड न. ५ महुवन देखि १.५ किलोमीटर उत्तर तिर सखुवा प्रसौनी जाने बाटोमा मोटरसाइकल अनियन्त्रित भइ पोलमा ठोक्किदा वीरगंज महानगर–२६ अठराहा सुगौली बस्ने ३२ वर्षीय जयप्रकाश पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्