Menu

आजको मौसम

मल वितरणमा विभेद भएको भन्दै किसानको गुनासो, सहकारीको कार्यशैलीमाथि प्रश्न

Author
Trilok Khabar |
September 23, 2026
Featured
हरिकिशोर शर्मा / असोज ०७ जिराभवानी पर्सा
 
पर्सा । जिराभवानी गाउँपालिका–१ महादेवपट्टीस्थित जय मा जिराभवानी कृषि सहकारी संस्था लिमिटेड ले किसानलाई रासायनिक मल बिक्री वितरण गर्दा विभेद गरेको स्थानीय किसानहरूले गुनासो गरेका छन्।
धान तथा अन्य बालीका लागि मलको आवश्यकता बढिरहेका बेला सहकारीबाट मल वितरणमा समान व्यवहार नभएको किसानहरूको भनाइ छ। स्थानीयका अनुसार केही किसानलाई एक बोरा मल उपलब्ध गराइएको भए पनि कतिपय किसानले भने ५ किलो मलसमेत पाउन नसकेको गुनासो गरेका छन्।

मल वितरणमा किसानको आवश्यकता र प्राथमिकताका आधारमा समान तथा पारदर्शी व्यवस्था हुनुपर्ने भए पनि व्यवहारमा भने “कसैलाई काखा, कसैलाई पाखा” गरिएको जस्तो देखिएको स्थानीयको आरोप छ। उनीहरूले सहकारीले मल वितरणको स्पष्ट मापदण्ड सार्वजनिक नगरेसम्म वितरण प्रक्रियामाथि प्रश्न उठिरहने बताएका छन्।

एक स्थानीय किसानले भने, “हामी पनि खेती गर्ने किसान हौँ। सबैलाई समान रूपमा मल पाउनुपर्ने हो। कसैले एक बोरा पाउने र कसैले ५ किलो पनि नपाउने अवस्था किन आयो भन्ने कुरा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्छ।”
मल वितरणमा पहुँच र चिनजानका आधारमा प्राथमिकता दिइएको हो वा वास्तविक किसानको आवश्यकता र तोकिएको मापदण्डअनुसार वितरण गरिएको हो भन्ने विषयमा स्थानीयले छानबिनको माग गरेका छन्।

किसानलाई आवश्यक पर्ने मलखादको वितरणमा पारदर्शिता कायम गर्दै वास्तविक किसानसम्म सहज रूपमा मल पुग्ने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। साथै, सहकारी तथा सम्बन्धित निकायले किसानका गुनासाबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने स्थानीयले बताएका छन्।
Uploaded Image

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3