वीरगंज, ६ फागुन/
संघीय प्रेस फोरम, पर्साको आज सम्पन्न बैठकले नेपाल पत्रकार महासङ्घ पर्साको आगामी चुनावमा सहभागी हुने निर्णय गरेको छ ।
फोरमका जिल्ला अध्यक्ष आरके पटेलको अध्यक्षतामा बसेको बैठकले महासंघ पर्साको आगामी चुनावका लागि प्रेस फोरमका अनिल तिवारीको अध्यक्षतामा ५ सदस्यीय समन्वय तथा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा प्रदिप यादव, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तवरेज अहमदलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस्