Menu

आजको मौसम

रौतहटमा २५ लाख बराबरको राडो घडी बरामद

Author
Trilok Khabar |
February 17, 2021
Featured

वीरगंज, ५ माघ/
रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले २५ लाख मूल्य बराबरको विददेशी घडीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बोर्डर आउटपोष्ट रामपुरका सशस्त्र प्रहरी हवल्दार विनोद बुढाथोकीको कमान्डमा गएको गस्ति टोलीले ईशनाथ नगरपालिका ४ बाट गौर नपा ५ पोखरियाका १९ वर्षीय निजामुदिन खानलाई मंगलवार साँझ ७ बजे पक्राउ गरेको हो ।
ना ३९ प ६७८३ नम्बरको स्पलेण्डर मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा शंका लागेर खानमाथि चेकजाँच गर्दा १४ थान घडी बरामद भएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गौरका डिएसपी प्रमोद भारतीले जानकारी दिए । बरामद  घडीको मूल्य २४ लाख ६३ हजार ३ सय र मोटरसाइकलको मूल्य ७५ हजार गरी कूल २५ लाख ४८ हजार ३ सय रुपियाँँ पर्न जान्छ । खानलाई कार्वाहीको लागि आज जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी भारतीले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3