Menu

आजको मौसम

वीरगंज नाकाबाट ७ महिनामा ७४ अर्ब १६ करोडको उत्पादन भारत निर्यात

Author
Trilok Khabar |
February 19, 2021
Featured


वीरगंज, ७ फागुन । 
मुख्य नाका वीरगञ्जबाट चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ७ महिनामा भारततर्पm ७४ अर्ब १६ करोड ४० लाख ५३ हजार रुपियाँँ बराबरको विभिन्न मालसामान निर्यात भएको छ ।
चालु वर्षको साउनदेखि पुससम्मको अवधिमा वीरगञ्ज नाकाबाट भटमासको तेल सबै भन्दा बढी भारत तर्पm निर्यात भएको  वीरगंज  भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले बताउनु भयो ।
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा वीरगञ्ज नाकाबाट मात्रै १३ अर्ब १७ करोड ९३ लाख ९४ हजार मूल्य बराबरको ८ करोड ७९ लाख ३३ हजार ४ सय ३७ किलो भटमासको तेल भारत तर्पm निकासी भएको छ । वीरगंज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका  १४ ओटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन् ।
गत आव २०७६र७७ को साउनदेखि माघसम्मको तुलनामा चालु वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा २ सय ३९ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक आचार्यले बताउनुभयो ।
त्यसैगरी वीरगंज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्तमञ्जन, च्यावनप्रास, सहित कपडा, सेन्थेटिक यार्न, स्पोर्टस सुज, उनी गलैँचा कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य बस्तु रहेका छन् । डाबरको जुस जाम १ अर्ब ९५ करोड २३ लाख ४५ हजार मूल्य बराबरको भारत निर्यात भएको छ भने च्यावनप्रास, त्रिफला, बतिसा ६६ करोड २० लाख १६ हजार मूल्य बराबरको निर्यात भएको छ ।
डाबर दन्त मन्जन मात्रै ६० करोड १५ लाख ५४ हजारको निर्यात भएको छ भने जमोठ कपडा ७४ करोड ८१ लाख ५ हजार मूल्य बराबरको निर्यात भएको छ ।
यता स्पोर्ट सुज नेपालबाट ५५ करोड ४७ लाख २० हजार मूल्य बराबरको निर्यात भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यसैगरी आयुर्वेदिक औषधि, स्टिलका भाँडाकुँडा, कागजका बाकस, सीआर सिटलगायत वस्तु समेत ठुलो परिणाममा भारत तर्पm निर्यात हुने गरेको वीरगंज भन्सारले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3