वीरगंज, ६ फागुन ।
रिलिफ सोसाइटी अफ कमर्सले स्थापना गरेको स्व. बिहारी लाठ कर्मवीर सम्मानबाट समाजसेवी मुरलीधर रुंगटालाई सम्मान गरिएको छ ।
सोसाइटीको १९ औं वार्षिक साधारणसभको अवसरमा समाजसेवी रुँगटालाई कर्मवीर सम्मानपत्रबाट सम्मानित गरिएको हो ।
कार्यक्रममा कोरोना संक्रमणकालमा योगदान पु¥याएका ६ जनालाई सम्मानित गरिएको थियो । भने १५ जना महिलालाई सिलाइ मेशिन वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष अशोक लाठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्