Menu

आजको मौसम

नेकाले अदालतको निर्णयलाई कदर गर्छ– नेता निधि

Author
Trilok Khabar |
February 08, 2021
Featured

वीरगंज, २६ माघ ।  नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले नेपाल प्रेस युनियन पर्साद्वारा वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संसद पुर्नस्थापना नभए तोकिएकै मितिमा निर्वाचन हुने बताए । 
प्रतिनिधि सभा प्राप्त गर्ने २ वटा बाटोमध्ये कुन बाटोलाई अंगाल्ने भन्ने कुराको निक्र्याैल निकाल्ने जिम्मेवारी अदालतलाई सुम्पिएको निधिको भनाई छ । नेकाले अदालतको निर्णयको कदर गर्ने बताउँदै उनले संसद विघटन पूर्ण रूपमा असंवैधानिक भएको जिकिर गरे । नेकाले प्रजातन्त्र र संविधानको रक्षाका निम्ती सदैव आवाज उठाउँदै आएको हुँदा यसपाली पनि संसद पुष ५ गतको अलोकतान्त्रिक कदमको विरूद्धमा विरोध गरिरहेको बताए ।
नेकाको १४ औँ महाधिबेशनको वारेमा पत्रकारको जिज्ञासाको जवाफ दिँदै निधिले संसद पुर्नस्थापना नभएसम्म वा निर्वाचन नभएसम्म नहुने बताउनुभयो ।
प्रेस युनियन पर्साका कार्यवाहक अध्यक्ष विजय चौहानको चौहानको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य एवं पूर्व मन्त्री चित्रलेखा यादब, पूर्वमन्त्री फरमुल्लाह मन्सुर, सुरेन्द्र प्रसाद चौधरी, केन्द्रिय सदस्य अजय कुमार चौरसिया, अनिल रूंगटा, राजेन्द्र बहादुर अमात्य, पार्टीका पर्सा जिल्ला सभापति अजयकुमार द्विवेदी, प्रदेशसभा सदस्यद्वय ओमप्रकाश शर्मा, राजेश्वर साह तेली लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3