Menu

आजको मौसम

मुलुक समृद्ध बनाउन पछाडि परेका वर्गको उत्थान अपरिहार्य : अध्यक्ष यादव

Author
Trilok Khabar |
February 23, 2021
Featured

जनकपुरधाम । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकलाई शान्त एवं समृद्ध बनाउनका लागि पछाडि परेका वर्ग एवं समुदायको उत्थान आवश्यक भएको बताउनुभएको छ ।

अध्यक्ष यादवले जमीयत उलमाए नेपालद्वारा मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तरक्रिया र नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्रको उर्दु अनुवादको आज जनकपुरधाममा लोकार्पण गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

उहाँले नेपालले सन् २०३० सम्म हासिल गर्ने मिलिनियम गोलको लक्ष्य पुरा गर्नका लागि  आर्थिक, सामाजिक, शैक्षिक तथा चेतनाको रुपमा पछाडि परेका ठुलो जनसङ्ख्या भएका मुस्लिम, मधेसी, थारु तथा दलित समुदायलाई माथि उठाउन आवश्यक भएको बताउनु भयो ।

पूर्व उपप्रधानमन्त्री यादवले संविधानमा सबै नेपाली समान हो भन्ने कुरा लेखिए पनि राज्यको श्रोत साधन, न्याय तथा अन्य प्रशासनिक ठाउँमा जनसङ्ख्याको ठुलो हिस्साको पहुँच न्यून भएको कारणले मुलुकको विकासले गति लिन नसकेको बताउनुभयो ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नंं २ का सरकारले हालै पारित गरेको निजामती सेवामा ४९ प्रतिशत पदमा जनसङ्ख्याको आधारमा आरक्षणको व्यवस्था गरेको र यसको असर केही वर्षपछि प्रदेशमा देखिने बताउनु भयो ।

उहाँले मुस्लिम समुदायमा पनि विश्वमा बिक्ने शिक्षा दिलाउने तर्फ चेतना नभएको बताउँदै परम्परागत शिक्षासँगै आधुनिक शिक्षा दिलाउनका लागि ठोस निर्णय गर्नका लागि मुस्लिम अगुवाहरूलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राउतले अरूलाई दोष दिएर मात्र हुँदैन भन्दै आफू भित्रको कमी कमजोरीको अन्त्य गर्न जरुरी रहेको बताउँदै आधुनिक शिक्षा दिनेहरू मुस्लिम समुदायका कतिपय परिवार अगाडि बढेका थुप्रै उदाहरण रहेको बताउनु भयो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3