वीरगंज, ९ फागुन/
अत्यधिक मदिरा सेवन गरी एकजनाले आफनै पत्नीको हत्या गरेका छन् ।
वीरगंज महानगरपालिका वडा नं. २९ बसडिलवा निवासी साहेब पटेलले पत्नी रम्भा पटेलको हत्या गरेको प्रहरीले जनाएको छ ।
अत्यधिक मदिरा सेवन गरी पटेलले रम्भाको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । मृतक रम्भा पटेलको चार महीनाको र तीन वर्षको दुई छोरा छन् । हत्यापछि पटेलका आमाबुबा र दाजुभाइ फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्