Menu

आजको मौसम

भान्जाको अपहरण गरी १ करोड फिरौती माग्ने मामा पक्राउ

Author
Trilok Khabar |
February 21, 2021
Featured

जनकपुरधाम, ९ फागुन  । धनुषा प्रहरीले बालकलाई अपहरण गरेर १ करोड फिरौती रकम माग्ने अपहरणकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका वडा नंं ६ बस्ने रमेश दासको छोरा वर्ष ७ को चन्दन दासलाई अपहरण गरेर १ करोड फिरौती रकम माग गर्ने वर्ष २० को रामरतन दास भन्ने लक्ष्मेश्वर दासलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
बालकलाई शनिवार दिउँसो १ः०० बजे घरबाट अपहरण गरेर महोत्तरी जिल्लाको पिपरा गाउँँपालिका वडा नं ७ दनौली घर भई जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ७ कटैया चौरीमा डेरा गरी बस्ने दासले डेरामा नै बन्धक बनाएर बालकलाई राखेको अवस्थामा प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो ।
बालकलाई अपहरण गरेर साँझ ५ः०० बजे आमालाई फोन गरी १ करोड फिरौती रकम माग गरेपछि पीडितले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको विशेष टोली परिचालन गरी गए राति ८ः३० बजे बालकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
कपडा तथा हाडवेयरको व्यवसाय गर्ने बालकका बुबासँग १ करोड रकम माग गरेपछि सीमा प्रहरी कार्यालय जटहीमा खबर गरेका थिए ।
प्रहरीले तत्कालै विशेष टोली परिचालन गरेर अपहरणकारीलाई पक्राउ गर्नमा सफल भएको छ ।
यस अघि अनुसन्धानको क्रममा बालकलाई अपहरण गरिराखेको घरका धनीलाई प्रहरीले पक्राउ गरेको थियो ।
अपहरण गर्ने युवक दास बालकका आफ्नै मामा रहेको र अपहरण गरेको पनि उनले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
नीज अपहरणकारी माथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुन अनुसार प्रहरीले मुद्दा चलाउने तयारी गरेको  प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3